
झापामा दुईवटा ट्रक एक आपसमा ठक्कर खाँदा दुईजनाको निधन भएको छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेका दुवै ट्रकमध्ये अगाडि रहेको ट्रकको स्टार्ट बन्द भएपछि त्यसमा अर्को ट्रक ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठककले केटिएम दैनिकलाई बताए ।
पाठकका अनुसार झापाको शिवशतासी नगरपालिका-१ कमलखोलामा नजिकै आज बिहान ना६ख ८८९५ नम्बरको ट्रकको स्टार्ट बन्द भएपछि उक्त ट्रकमा ना५ख ८३११ नम्बरको ट्रक ठोक्किन पुगेको हो । उक्त दुर्घटनामा ना५ख ८३११ नम्बरको ट्रकको चालक र सहचालकको निधन भएको छ ।
दुर्घटनामा निधन हुने चालक सुनसरीको मदन चौधरी रहेको खुलेको छ भने सहचालकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछी केही बेर सडक एकर्तफी रूपमा मात्र सञ्चालन भएको स्थानीयले बताएका छन् ।