
पथलैयाबाट हेटौडा तर्फ मोटरसाइकलमा आउँदै गरेका दुई युवाको साथमा प्रहरीले लागुऔषध बरामद गरेको छ ।
आज बिहान २:०० बजेको समयमा पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको प्रदेश २-०३-००९ प ७८९६ नं. को मोटरसाईकल चालक राजु झा र पछाडी बस्ने अनिल कुमार यादबको साथमा १६० ट्याबलेट नाइट्राजेपाम बरामद गरेको हो ।
हेटौँडा उपमहानगरपालिका-१५ मा रहेकोझ रातोमाटे चेकपोईन्टमा मोटरसाईकल रोकी चेकजांच गर्ने क्रममा मोटरसाइकल चालक सर्लाही मलंगवा नगरपालिका-१० बस्ने राजु झा (वर्ष २१) र सोही मोटरसाइकलको पछाडी सवार सोही स्थानका अनिल कुमार यादव (वर्ष १९) को साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताए ।
प्रहरीले दुई व्यक्ति र उनीहरू सवार मोटरसाइकल नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट १८ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए ।