
मोरङको उर्लाबारी नगरपालिका-३ थापा चोकमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक जना वृद्ध पुरुषको निधन भएको छ ।
आज बिहान ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पञ्चायत माध्यमिक विद्यालय पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिँदा घाइते भएका पैदल यात्री स्थानीय ८० वर्षीय भिम बहादुर तामाङको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटनामा संलग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका-९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।