
बागलुङमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका-८ सिंगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी गंगा बहादुर थापाले केटिएम दैनिकलाई बताए ।
धौलागिरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि पोखरा रेफर गरिएको छ । जिसीलाई थप उपचारको लागि पोखरा पठाइएको प्रवक्ता थापाले बताए ।
अहिलेसम्म आत्मदाहको कारण खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।
आज विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका हुन् । ।
बागलुङ नगरपालिका-८ का वडाध्यक्ष छम बहादुर कार्कीले केटिएम दैनिकलाई बताएअनुसार आत्मदाह प्रयास गरेका जिसी भूपु भारतीय सैनिक हुन् । केही समयअगाडि सडक दुर्घटनामा परेर उनको खुट्टामा फलामको रड हालिएको बताइएको छ ।
जिसीका छोराहरू भारतीय सेना र एकजना डेनमार्कमा रहेको खुलेको छ ।