
राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायीहरू आज सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।
उनीहरूले बैंक सधैँ नाफा, उद्योगी व्यवसायी घाटामा भन्दै नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरूले आत्मदाह गरेका स्व. प्रेम आचार्यका मागहरू सम्बोधन गर्न समेत माग गरेका छन् ।