
पाल्पाको एक खोलामा फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएर खोलामा डुबेका एक युवकको उपचारको क्रममा निधन भएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका-३ भुतखोलामा आइतबार दिउँसो फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएर लडेका २४ वर्षीय अजिम पाठकको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मृतक व्यक्ति एक साथसँग घुम्न आएका थिए । उनको घर नवलपरासी(पश्चिम) पालिन्नदन गाउपालिका-२ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
थापाका अनुसार मृतक पाठक रुपन्देहीको सिद्धार्थ नगरपालिका-४ बस्ने बर्ष २२ को दिपक कुमार बानियाँ सँगै घुम्न आएका हुन् ।