
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी पूर्व प्रेमिकाको चरित्र हत्या गर्ने एक युवक पक्राउ परेका छन् ।
दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार खड्काले पीडित महिलासँग भेटघाटपछि चिनजान गरी साथी बनेर म्यासेञ्जरमा कुराकानी गर्दै आएका थिए । त्यसक्रममा उनले प्रेम सम्बन्धका बेला शारीरिक सम्बन्ध हुँदाको अश्लिल फोटो र भिडियो पीडित जाहेरवाला साथीको फेसबुक म्यासेञ्जरमा पठाउँदै आएका प्रहरीको भनाई छ ।
पीडित महिलालाई अनावश्यक दु:ख, हैरानी दिने, समाजमा चरित्र हत्या, बदनाम, बेइज्जत हुने कार्य गरेकाले उनलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसूर अपराध गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।