झापामा भन्सार छलेर ल्याएको एक लाख मुल्यबराबरको सामानसहित एक किराना पसल सञ्चालक पक्राउ परेका छन् ।
हिजो (शुक्रबार) दिउँसो आन्तरिक राजश्च कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा भद्रपुर नगरपालिका-३ बाट भन्सार छलेर नेपाल भित्र्याएको सामानसहित गंगाराम पुरी पक्राउ परेका छन् ।
उनले संचालन गरेको पुरी किराना पसलमा बाबा खैनि १०७ किलोग्राम, मडुवा खैनि ५८ किलोग्राम र बिडी ९ पोका गरी जम्मा अन्दाजी मूल्य रु एक लाख बराबरको सामानसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
अघिल्लो एक सातादेखि झापामा भन्सार छलिका सामानहरू प्रहरीले तिब्ररुपमा नियन्त्रणमा लिँदै आइरहेको छ ।