
पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् ।
सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् ।
२१ असोज, २०७६ मा खनालकी श्रीमती सचित्रा खानलको क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि एकल जीवन बिताइरहेका खनाल र १९ वर्षदेखि नै एकल जीवन बिताइरहेकी शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेका हुन् ।
उनीहरूको विवाह राजधानीको एक होटलमा भइरहेको छ । खनाल र पोखरेल दुबैको एक एक छोरी छन् । खनालको एक्ली छोरी भारतको नयाँ दिल्लीमा बसेर अध्ययन अनुसन्धान गरिरहेकी छिन् ।