![बालबालिकाको अक्षाराम्भ गर्ने दिवस (श्रीपञ्चमी) [तस्बिरहरू]](https://ktmdainik.com/wp-content/uploads/2023/01/Rishi-Panchami-4.jpg)
वसन्त पञ्चमी(श्रीपञ्चमी) तथा सरस्वती पूजा बिहीबार बिहानैदेखि मनाउन थालिएको छ ।
यस दिनलाई स-साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय परम्परा छ । जहाँ ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ ।
सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन् । असल वा खरावको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।
ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्मजयन्तीका रुपमा वसन्तपञ्चमी मनाउने गरिन्छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरहरूमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राहरूको घुइँचो लाग्ने गर्छ ।
हेरौं तस्बिरहरू