
मोरङको सुन्दरहरैचा नगरपालिका १२ स्थित भित्री सडकमा टिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् । हिजो अपरान्ह ४ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिँदा बालिकाको घटनास्थलमानै मृत्यु भएको थियो ।
टिपर र टिपर चालक मोरङ केराबारी गाँउपालिका १० बस्ने ३५ बर्षीय राजकुमार लिम्बु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।