
झापाको एक चिया बगानमा युवक–युवती मृत भेटिएका छन् ।
कचनकवल–४ स्थित एभरेस्ट चिया बगानमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठककले बताए ।
पाठकका अनुसार बगानमा रहेको रुखमा दुवै झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
करिब ३ महिनाअघि दुवै जनाले भागी बिहे गरेका राजेश र पवित्रालाई गणेश परिवारले अलग्गाउने कोशिस गरेको स्थानीयको भनाइ छ । केटी पक्षले राजेशलाई अस्वीकार गरेको छिमेकी बताउँछन् ।