भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरी परिसका प्रवक्ता डिएसपी राजु पाण्डेका अनुसार उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएको हो । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।
उक्त दफा को उपदफा १ को (क) मा भनिएको छ पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र वा तीसहजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
त्यस्तै (ख) मा लेखिएको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटके पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबना ।