सिन्धुपाल्चोकमा भ्रष्ट्रचार मुद्दाका फरार अभियुक्त १२ वर्षपछि जेल चलान भएका छन् ।
२०६७ साल मंसिर १४ गते विशेष अदालतको फेसाल भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय तोकेको व्यक्ति १२ वर्षपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी शिव कुमार बुढाथोकीका अनुसार जिल्लाको मेलम्ची नगरपालिका-६ बस्ने उद्धव राज अर्याल (वर्ष ४४) लाई बिहीबार काठमाडौंको दक्षिणढोकाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका अर्याललाई सिन्धुपाल्चोक अदालतमा दाखिला गरेपछि अदालतको फैसलाअनुसार कैद भुक्तानको लागि आज (शुक्रबार) जिल्ला कारागार चौतारा चलान गरिएको डिएसपी बुढाथोकीले बताए ।