ललितपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री एक वृद्धाको उपचारको क्रममा अस्पतालमा निधन भएको छ ।
ललितपुर महानगरपालिका-७ ग्वार्को पेट्रोल पम्पस्थित सडकमा बा.८४ प ६५५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-७ ग्वार्को घर भएका ७१ वर्षीया सन्तु महर्जनको मंगलबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएकी उनकै छोरी ४० वर्षीया मिना महर्जनको सोही अस्पतालमा उपचार भइरेको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।