सिन्धुली जिल्लामा नौँ कठ्ठा जग्गामा लगाइएको गाँजा फडानी गरिएको छ ।
जिल्लाको हरिहरपुगढी गाउँपालिका-७ चिसापानीमा शुक्रबार बिहान अन्दाजी नौ कठ्ठा जमिनमा गरिएको गाँजा खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी हरिकृष्ण के.सी.ले केटिएम दैनिकलाई बताए ।
उनका अनुसार प्रहरी चौकी क्यानेश्वर र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटी गएको प्रहरी टोलीले गाँजा फडानी गरेर आगो लगाएर नष्ट गरेको हो । गाँजा तयार हुनै नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यसवर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको प्रवक्ता के.सी. ले बताए ।
कतिपयले परबाट हेर्दा अन्य बालीजस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाइ छ। किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन्।