पोर्चुगलको पोर्तोमा एक नेपाली युवाको मृत्यु भएको छ। विगत ४ बर्षदेखि पोर्चुगल बस्दै आएका गुल्मीका ३० बर्षिय बाबुराम घिमिरेको सोमबार राति मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ।
गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर–३, स्थायी घर भएका घिमिरेको शव नेपाल पठाउन आर्थिक संकलनका लागि एनआरएन पोर्चुगलले आग्रह गरेको छ।
परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले शव व्यवस्थापनको लागि सम्पूर्ण पोर्चुगलबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यथाशक्य आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं एनआरएनए पोर्चुगलद्धारा जारी विज्ञप्तिमा भनिएको छ।