
भक्तपुरमा आफू बस्ने डेराको बरण्डामा रहेको धारामा लडेकी एक महिलाको उपचारको क्रममा निधन भएको छ ।
मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले केटिएम दैनिकलाई बताए ।
पाण्डेका अनुसार ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो । शनिबार बिहान ११ बजे घरमा लडेर उनी घाइते भएकी थिइन् ।
घाइते भएकी उनलाई छोराले देखेपछि स्थानीयले उद्धार गरी अस्पतालमा पुर्याएका थिए । ठिमीमा रहेको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।