सिन्धुलीमा आफूले लिएको सापटी रकम दिएर फर्कँदै गरेकी महिलालाई पैसा दिने साहुँले नै जबरजस्ती करणी गरेका छन् ।
सिन्धुलीको दुधौली नगरपालिका-१३ बस्ने एक महिलाले गाउँकै साहुबाट लिएको रकम फिर्ता गरेर घर फर्कने क्रममा जबरजस्ती करणीमा परेकी हुन् ।
२८ वर्षकी ती महिलाले आफूले लिएको रकम बुझाएर फर्कँदै गर्दा सोही स्थानमा बस्ने तेज बहादुर सुनुवार पछिपछि लागेर बाँसघाँरी नेर एकान्तमा जबरजस्ती गरेको गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।
हिजो (बुधबार) प्रहरीमा जाहेरी परेपछि अस्थाई प्रहरी पोष्ट अरुणठाकुरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सुनुवारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको सिन्धुली प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले केटिएम दैनिकलाई बताए ।
केसीका अनुसार सुनुवारमाथि थप अनुसन्धान भइरहेको छ ।