
मेघा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएको एक सातामा आफ्नो प्रेमी सार्वजनिक गरेकी रवीना देशराज श्रेष्ठ अहिले बिदा मनाउन अफ्रीकी महाद्वीप तट मौरिसस पुगेकी छन् ।
कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत रहेकी रवीनाले पुष १५ गते बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।
वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिएका स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नाम गरेका एक विदेशी नागरिकको प्रेममा रहेको खुलासा गरेकी रवीना त्यसपछि प्रेमीसँगका तस्बिरहरू शेयर गरिरहेकी छन् । उनले अफ्रिका विभिन्न स्थानहरूमा भ्रमण गरेका तस्बिरहरू शेयर गरेकी छन् ।
केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै रवीनाका श्रीमानले डिभोर्स दिएका थिए । त्यसपछि उनी एक्लै छिन् ।
मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो । तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।
रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । रविनाले स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् । उनी नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन् ।