टोकियोकोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । टोकियोको इकेबुकुरोमा बस्दै आएका धनकुटाका २८ वर्षीय नेपाली युवा मृत अवस्थामा भेटिएका छन् ।
विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापान आएका अनिस कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएको उनका साथीलाई उदृत गर्दै जापानबाट सञ्चालन हुने नेपाली अनलाइन सञ्चारमाध्यमहरूले जनाएका छन् । ।
कोठामा संगै बस्दै आएका दुई जना साथी नयाँ वर्ष मनाउन गएराति बाहिर गएको र बिहान ५ बजे कोठामा फर्कँदा कटुवाल बाथट्युबमा तैरिएको अवस्थामा मृतक भेटिएको बताइएको छ ।
तीदुई जना साथीहरू नयाँ वर्ष मनाउन बाहिर जाने बेलामा कटुवाल सुतिरहेको र फर्कँदा मृत भेटिएका हुन् । मृत भेटेपछि साथीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली दूतावाससँग समन्वयपछि बाँकी प्रक्रिया अगाडि बढाउन लागिएको जनाएको छ ।