प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आज आयोगले पत्रकार सम्मेलन गर्दै १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको जनाएको छ भने । प्रतिनिधि सभा निर्वाचनमा ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगको ठहर छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रदेश सभातर्फ प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको आयोगले जनाएको छ । मतदानमध्ये ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएर १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको प्रवक्ता पौडेलले जनाए ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको उनले बताए ।