
सिन्धुपाल्चोक मा अवैध सम्वन्धबाट जन्मेको शिशु (छोरा) को हत्या गरी खाल्डोमा गाडेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
जिल्लाको हेलम्बु गाउँपालिका-५ कल्लेरी भन्ने स्थानमा बस्ने प्रेम तामाङको श्रीमती २२ वर्षीया रबिना तामाङले अबैध शारीरिक सम्पर्कबाट जन्मेको शिशुको हत्या गरेर माटोमुनी गाडेकी हुन् ।
ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रमुख प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार शिशुको जन्म भएपछि तामाङले घाँटी थिची, मुखमा हातले थुनि हत्या गरेकी हुन् । उनले शिशुको शवलाई घर नजिकै रहेको खरबारीमा खाल्डो खनेर गाडेकी हुन् ।
मंगलबार इप्रका हेलम्बुको टोलीले तामाङलाई पक्राउ गरेको छ भने खाल्डोबाट शिशुको शव निकालेर पोष्टमार्टमको लागि नगर अस्पताल मेलम्ची पठाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
प्रहरीका अनुसार श्रीमान विगत दुई वर्षदेखि बैदेशिक रोजगारीको शिलशिलामा युएईमा छन् ।हत्या आरोपित तामाङ आफ्नो तीन वर्षीया छोरीसँग घरमा बस्दै आएकी थिइन भने उनका सासुससुरा बेग्लै घरमा बस्दै आएका थिए ।