
उत्तर तिर मनोरम देखिने धौलागिरि हिमाल
विश्वमा नै स्वर्ग जस्तो लाग्ने हाम्रो देश नेपाल,
सानो तर विशाल मन भएको पर्वत ठाउँ
सबै जात धर्म मिली बसेको छ हाम्रो गाऊ ।।
पूर्व मेची देखि पश्चिम महाकाली सम्म फैलिएको
संसार सामु गोर्खाली भनी हामी चिनिएको,
विभिन्न धार्मिक,सांस्कृतिक र प्राकृतिक सम्पदाहरू
मठ मन्दिर गुम्बाहरूमा हस्तकलाका कुदिएका बुट्टाहरू ।।
एक स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक
दसैँ,तिहार ,छठ महान् चाड भएको देश अनेक,
वीर पुर्खाहरू र महान् सहिदको थियो बलिदान
सुन्दर प्रकृति र अनुकूल हावा पानीको फरकपन !!
उनी, श्री नमुना आवासीय माध्यमिक विद्यालय, पर्वत,कुस्मामा कक्षा -६ मा अध्ययनरत छन् ।