झारफुक गर्ने क्रममा धनुषामा ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको छ ।
धनुषाको विदेह नगरपालिका-३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई बुधबार दिउँसो प्रहरीले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।