बाराको निजगढ नगरपालिका-२ का वडाध्यक्ष राजु श्रेष्ठ (राजन) ले एक नाबालिगलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय निजगढमा आज (मंगलबार) नाबालिकाले वडाध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएको र उक्त जाहेरी दर्ता भएको इप्रका निजगढले पुष्टि गरेको छ ।
असोज १९ गते विजयादशमीको दिन श्रेष्ठले आफ्नै घरमा १५ वर्षकी नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
गत वैशाखमा भएको स्थानीय सदस्य निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए ।
उक्त नगरपालिका प्रमुख सुरथ पुरीले आफ्नो नगरको एक जनप्रतिनिधिविरुद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको बताए । केटिएम दैनिकसँग कुरा गर्दै पुरीले भने, ‘मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यो एकदमै संवेदनशील विषय भएकाले मैले बोल्न मिल्दैन । प्रहरीले छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनेमा म ढुक्क छु ।’