गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले केहीहप्ता अगाडि मात्र ईङ्गेजमेन्ट गरेको समेत बताएका छन् ।
खत्रीले लेखेका छन् ‘केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबै जना आज बाट वैवाहिक बन्धनमा बाधिएका छौ । घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले बिबाह गरेका हौ ।
साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘विहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जिवनको सुरूवात गरेका छौ। जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौ ।’