इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड मच्चिंदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ भने हिंसामा परी १८० जना घाइते भएका छन् ।
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १ सय ७४ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।
हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए ।
फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो ।