मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार झापा जिल्ला कारागारका उनीहरूमा क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो। क्षयरोग लागेपछि हेमरम गत असार १३ गते र गुरुङलाई भदौ ७ गते झापाबाट विराटनगर अस्पताल लगिएको थियो। दुवैको खोजी भईरहेको छ ।
छानविन समिति गठन
मोरङको बिराटनगर महानगरपालिका-८ स्थितमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका २ जना कैदीलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारको क्रममा अस्पतालबाट भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानविन समिति गठन गरेको छ ।
शनिबार बिहान ९ बजे मोरङ कारागारबाट लागुऔषध मुद्दाका कैदी २८ बर्षीय मन्जिल गुरुङ र जवस्जस्ती करणी मुद्दाका कैदी २८ बर्षीय राज कुमार हेमरनलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुबै जना भागी फरार भएका थिए ।
कैदी भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरीएको छ । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपामा खटि गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।