राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् ।
लामिछाने सामाजिक सञ्झाल फेसबुकमार्फत आफू अक्टोबर ६ अर्थात असोज २० गते नेपाल आउने जानकारी दिएका हुन् । उनले आफू निर्दोष रहेको पनि जनाएका छन् ।
पक्राउ पूर्जी जारी भएको लामो समयसम्म पनि सन्दीप नेपाल नआएपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिने समाचार आएका केही दिनपछि लामिछाने आफै नेपाल आउने बताएका हुन् ।
उनले नेपालको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । उनले लेखेका छन्, ‘मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु। मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्न यो परीक्षाबाट गुज्रन तयार छु ।’
उनले आफूमाथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा खुल्दै जानेमा म विश्वस्त भएको जनाएका छन् ।
भदौ २० गते काठमाडौंको प्रहरी वृत गौशालामा सन्दीपविरुद्ध एक १७ वर्षीया नाबालिकाले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । उक्त जाहेरी पर्दा सन्दीप पहिल्यै निर्धारण भएको क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका थिए । सन्दीप विरुद्ध उजुरी परेको समाचार केटिएम दैनिकले ब्रेक गरेको थियो ।
सन्दीप र ती युवतीबीच कसरी भेट भयो, भदौ पाँच गते उनीहरू नयाँ बानेश्वरबाट भक्तपुरको कुन रिसोर्टमा पुगे त्यहाँबाट कतिबजे काठमाडौं फर्के भन्ने बारेमा यसअगाडि नै समाचार प्रकाशित भइसकेको छ ।
पछिल्लो समय क्यान र नेपाल प्रहरीका उच्च तहका अधिकारीहरूसँग निरन्तर कुराकानी गर्दा पनि उनीहरूले सन्दीप कहाँ भएको भन्ने जानकारी आफूहरूसँग नभएको बताइरहेका थिए ।
सन्दीप प्रकरणमा केटिएम दैनिकमा प्रकाशित समाचारहरू
- ब्रेकिङ: बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी
- अनुसन्धानमा दोषी देखिए सन्दीपलाई इन्टरपोल मार्फत नेपाल झिकाइने
- पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
- नगरकोट रिसोर्ट भन्छ : ८:३० मा इन्ट्री, ११ बजे चेक आउट, बिल फोनपे मार्फत
- क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
- सन्दीप प्रकरण: क्यानको व्यवस्थापन माथि उठ्यो प्रश्नचिह्न
- लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
- सन्दीप राष्ट्रिय टिमबाट निलम्बनमा परे
- फाइन्ड, फ* एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू
- सन्दीपविरुद्ध बोल्न थाले अन्य किशोरी
- जेभियर कलेजले हटाउन थाल्यो सन्दिप लामिछानेका तस्विर अंकित बोर्डहरू
- सन्दीप कहिले आइपुग्छन् नेपाल ?
- सन्दिपलाई कालोसूचीमा राखेको भन्दै आक्रोशित भइन् रीमा !
- सन्दीप अन्तर्राष्ट्रिय आतंकबादी हैन, हात धोएर नलागौं : प्रमोद खरेल
- अधिवक्ता कार्यक्रममा जाँदा सन्दीपलाई भेट्न सिंगापुर पुगेको हल्ला, के हो सत्यता ?
- सन्दीप लामिछानेसँग पाँच देशको भिसा
- सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी