तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली पदमसालमा सोही ठाउँस्थित गोसाईकुण्ड सुनचाँदी पसलबाट करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद ४५ हजार रूपैयाँ सोमबार साँझ लुटपाट भएको छ ।
सुनचाँदी पसल बन्द गरी संचालक घर फर्किने क्रममा अपरिचित व्यक्तिले पसल संचालकलाई कुटपिट गरी घाईते बनाई उनको साथबाट उक्त धनमाल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पठाएको हो । साथै प्रहरीले घटनास्थलबाट ३ वटा पोकामा रहेका चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।
प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।