बाराको सिम्रौनगढ नगरपालिका-५ कनकपुरबाट नेपाली नक्कली नोट एक हजार दरको ८१ थान र ५ सय दरको ३ थान सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जगदेव महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महतोलाई आफ्नै घरभित्र लुकाई छिपाई राखेको उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
पछिल्ला केही दिनमा नक्कली नोटहरू बाक्लै रुपमा फेला परिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले यस सम्वन्धनमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।