
मकवानपुरमा एक केजी ८०० ग्राम अफिमसहित एक व्यक्ति पक्राउ परेका छन् ।
बिहीबार साँझ ५ बजे आपसापसको समयमा पूर्व पश्चिम सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेका एक व्यक्तिलाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन । ती व्यक्ति मकवानपुरको राक्सीराङ गाउपालिका-४ बस्ने भएको बताइएको छ ।
उनले हातमा बोकेको कपडाको झोला चेकजांच गर्दा उक्त झोला भित्र लुकाई छिपाई ल्याएको अबस्थामा लागु औषध अफिम जस्तो देखिने पदार्थ १ किलो ८०० ग्राम फेला पारेको हुंदा उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको घिमिरेले केटिएम दैनिकलाई बताए ।