
कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ ।
आगलागीमा एक जना जलेको प्रहरीको आशंका छ । तर, यसबारे स्वतन्त्र रुपमा पुष्टि भने हुनसकेको छैन । आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी हाल्ने तयारी भइरहेको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीन तले घरमा आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणमा आइसकेको छैन । एकजना व्यक्ति जलेको र अन्य व्यक्तिहरूपनि घरभित्र हुनसक्ने आशंकामा खोजतलास जारी रहेको परिसरको संचार शाखाले केटिएम दैनिकलाई बतायो ।
आज काठमाडौं उपत्यकाका अन्य दुई स्थानमा पनि आगलागी भएको थियो । बिहान काठमाडौंको न्यूज प्लाजामा एक विद्यूत पोलमा आगलागी भएको थियो भने दिँउसो ललितपुरको एक स्थानमा आगलागी भएको हो ।