राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएकोमा युवा संघ नेपालले स्वागत र्याली निकालेको छ ।
संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा स्वागत र्याली निकालेको हो ।
संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ । एमाले नेता महेश बस्नेतको नेतृत्वमा स्वागत र्याली गरिएको हो ।
र्यालीमा संघमा आवद्ध युवायुवतीहरूको सहभागिता रहेको थियो ।
तस्बिरहरू