बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ ।
गत साता मृत्यु भएकी महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुने भएको छ. ।
विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुने भएका छन् ।
महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बेलायतको नयाँ राजा बनेका छन् ।