पाल्पाबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा गर्दा बाटोबाट एक युवक पक्राउ परेका छन् ।
गत शुक्रबार तानसेन नगरपालिका-८ बृन्दावन स्थित बृन्दावन सप्लायर्स अगाडि पार्किङ गरी राखेको लु६४प ९४२० नम्बर पल्सर मोटरसाइकल हराएको थियो ।
हराएको मोटरसाइकल खोजि गर्ने क्रममा प्रहरीले पाल्पाको तिनाउ गाउँपालिका-३ बाट उक्त मोटरसाइकलसहित बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका-१० घर भई हाल रुपन्देहीको कञ्चनपुर गाउँपालिका-१ बस्ने ३३ वर्षीय चेतमान सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका सुनारमाथि चोरी मुद्दामा अनुसन्धान जारी गरेको पाल्ला प्रहरीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
दुईजना भाँडाचोर समातिए
सोमबार तानसेन नगरपालिका-९ रानीचुरी स्थित गोविन्द भण्डारीको घरबाट भाडा चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी गाउँपालिका-२ बस्ने साजन नेपाली र सुमन नेपाली रहेको डिएसपी थापाले बताए । उनीहरूले घरमा कोही नभएको मौका छोपी तामाको गाग्री, कासको थाल, कासको अम्खोला, कासको कलस तामाको कलस चोरेर भागेका थिए ।