
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा आबद्ध मजदुर संगठन जिफण्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै आज काठमाडौं महानगरको कार्यालय अगाडि धर्ना दिएका छन् ।
काठमाडौ महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको र ठेला व्यवसाय गरिरहेकाहरुलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै एमाले निकट संगठनले सडकमा धर्ना दिएका हुन् ।
सुन्धारामा भेला भइ रत्नपार्क भद्रकाली सहिदगेट हुँदै प्रदर्शनकारीहरुले महानगरको कार्यालय अघि धर्ना दिएका छन् । पछिल्ला दिनहरूमा काठमाडौ महानगरपालिकाले अनधिकृत संरचना भत्काउनुका साथै फुटपाथमा व्यापार गर्न रोक लगाउदै आएको छ ।
हिजो मात्रै नेकपा एमालेसका सासंद महेश बस्नतेले संसदमा बोल्दै दशैंको मुखमा महानगरपालिकाले लाखौं व्यावसायीहरुलाई रुवाबासी र बिचल्ली पार्ने काम गरेकाले उनीहरुलाई उचित क्षतिपूर्ति दिन र यस्तो कार्य रोक्न माग गरेका थिए ।
तस्बिरहरू