राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा विधेयक प्रमाणिकरण गरेकी छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका पाँचवटा विधेयकहरूले राष्ट्रपतिले आज (मङ्गलबार) प्रमाणीकरण गरेकी हुन् ।
उनले तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।