पाल्पामा एक व्यक्तिले उपियाँ मार्नको लागि घरमा ल्याइएको विषादी सेवन गरी आत्महत्या गरेका छन् ।
सोमबार साँझ पाल्पाको रिब्दीकोट गाउपालिका-५ देबीडाँडा बस्ने बर्ष ५५ को सन्ते भन्ने मेख बहादुर खड्काले आफ्नै घरको पिडीमा उपियाँ मार्न प्रयोग गरीने बिषादी सेवन गरेर बेहोस भएका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा उपचारको क्रममा बेलुका ९ बजे निधन भएको पाल्पा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
थापाका अनुसार आत्महत्याको कारण भने खुलिसकेको छैन ।