नेपालमा थप तीन सय जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ र एन्टिजेन विधिबाट १२३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना सङ्क्रमणमुक्त भएका छन् ।