पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आईतबार नेपाल आएका पाण्डेले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनालाई चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका हुन् ।
पाण्डेले नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
उनको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो । उनले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका थिए ।