कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
विजयनगर गाउँपालिका–७ जुगनियान यूपी ५५ आर १०५८ नम्बरको मोटरसाइकलबाट लडेर काठमाडौं घर भएका ३५ वर्षीय राम सेवक थारूको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।