पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५३७ कोरोना परीक्षण गर्दा दुई सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।
एक हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ९२ र दुई हजार १५६ एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा ३३९ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यस्तै, हाल मुलुकमा दुई हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।