नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ वर्षपछि नेपाल विद्युतीय क्षेत्रमा आत्मानिर्भर हुने दाबी गरेका छन् ।
विद्युत खपत प्रवर्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रो जीवनलाई इलेक्ट्रोनिक सिस्टममा बदल्न सक्नु हाम्रो लागि ठूलो उपलब्धी भएको बताउदैँ अबको २ वर्षमा देश आत्मनिर्भर हुने दाबी पनि गरेका छन् ।
उनले भने, “हामीले यो गत वर्ष नै ४ अर्वको निर्यात गरेका छौ, अस्ती साउन महिना मै २ अर्वको र करिब साढे २ महिनामा ६ अर्वको निर्यात गरेका छौ र आगामी स्थिति हेर्ने हो भने आजको दिनमा ९ रुपैँया ८ पैसा आइसी भनेको १३ रुपैँयामा हामी निर्यात गरिरहेका छौ त्यो हाम्रो लागी एकदम शुभ समाचार हो अबको २ वर्षपछि हामी आत्मानिर्भर हुन्छौ । ”
उनले ३० देखि ४० अर्ब लगानि विद्युतिय साधनमा खर्च गर्ने हो भने करिब ५ खर्बको आयातलाई ४० अर्बले बिस्थापित गर्न सक्ने बताए । यसको साथै खपत नभएको विद्युत निर्यात गर्ने हो भने मात्र देशलाई वद्युतिय हिसाबले अगाडी बढाउन सक्ने पनि बताए ।
उनले भने, “५ वर्षभित्र २ खर्व निर्यात गरेर कमाउन सक्छौ । त्यसको ३० देखि ४० अर्ब मात्रै हामी विद्युतिय साधनमा खर्च गर्ने हो भने करिब ५ खर्बको आयात ४० अर्बले बिस्थापित गर्छ । सबै सामानलाई विद्युतिय साधनमा परिवर्तन गरौ यो नै हाम्रो लागि समृद्धिको मुख्य आधार बन्ने छ । ”
उनले नेपालमा करिब हजार मेगावाटको प्रोजेक्ट ल्याउने कोशिसमा ५ वर्ष पछि करिब करिब ७ हजार मेगावटमा पुग्ने भन्दै सरकारी कार्यलयबाट ४ सय १५ हजार मेगावटको प्रोजेक्ट अगाडी बढाइ रहको पनि बताए ।