चितवनबाट काठमाडौं आउँदै गरेको माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार शुक्रबार बेलुका साँझ ६:५० मा भरतपुर महानगरपालिका-२९ नारायणगढमा बा ३ ख ४६५४ नं.को माईक्रो दुर्घटनामा परेको हो ।
डिएसपी अधिकारीको अनुसार माईक्रो आँफै अनियन्त्रित भई पल्टिंदा चालक सहित माईक्रोमा सवार १६ जना यात्रुहरू घाइते भएका हुन् ।
सामान्य घाइते भएका यात्रुहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ भने माइक्रो प्रहरीको नियन्त्रणमा रहेको छ ।