मकवानपुरमा ३०५ केजी गाँजा बोकेको टिपरलाई नियन्त्रणमा लिइएको छ ।
चेकपोष्टमा रोक्न खोज्दा नरोकी भागेको टिपरलाई पिछा गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगर-१० बुद्धचोक स्थित सडकको थानाभर्याङ चेक पोष्टमा रोक्न खोज्दा नरोकी बुद्धचोक तर्फ आउदै गरेको ना ८ ख १७३८ नं. को टिपरमा रातो त्रिपालले छोपेको अवस्थामा १२ वटा बोरामा ३०५ केजी गाँजा बरामद भएको हो ।
उक्त टिपर सडक छेउमा रोकी चालक फरार भएकोले चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।