दाङ जिल्लामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।
अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । युवक दोषी पाइएको खण्डमा उनलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन्छ ।