धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन्।
यसअघि हर्कले आफूले प्रचण्डलाई श्रमदान गर्न धरान बोलाएको बताएका थिए। आज धरान पुगेका प्रचण्डले सर्दु जलाधार क्षेत्रमा वृक्षारोपणमा गरेका हुन्।
प्रचण्डले आफूले श्रमदान गरेको र वृक्षारोपन कार्यक्रममा सरिक भएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन्। धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो।
हिजो माओवादी नेता एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले प्रचण्ड सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा उहाँ सहभागी हुने बताएका थिए । ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए । ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ! उहाँले हुन्छ भन्नु भो ! हेरौँ कहिले आउनु हुन्छ !’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
भिडिओ