अवैध संरचना भत्काउनका लागि सक्रिय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बानेश्वरस्थित बुद्धनगर पुगेका छन् । बिहीबार बिहान बुद्धनगर पुगेका बालेनसँग व्यवसायीको वादविवाद भएको छ।
अल्फाबिटाले बेसमेन्टमा व्यवसाय सञ्चालन गरेर पार्किङ बाहिर गरेको भन्दै मेयर शाहले त्यसलाई तत्काल हटाउन भनेका थिए ।
तर, अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष व्यवसायी द्वीराज शर्माले आफूहरुले बेसमेन्ट कायम राखेको र बाहिर पार्किङको व्यवस्था गरेको बताएका थिए । तर, मेयर शाहले व्यवसायीक भवनमा बेसमेन्टमा नै पार्किङको व्यवस्था गर्नुपर्ने बताए ।
शर्माले आफूहरुले सूचना नपाएको र पत्रिकामा प्रकाशन भएको बारे केही जानकारी नभएको बताएका थिए । त्यसपछि बालेन र शर्माबीच विवाद भएको थियो ।